हेमराज ढकालको आइएमई जनरल इन्स्योरेन्समा सबैभन्दा बढी लगानी, यस्तो छ कम्पनीको शेयर संरचना

९ माघ २०७९, सोमबार १४:५०

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २५औं साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

इन्स्योरेन्समा सबैभन्दा बढी लगानी संस्थापक शेयर समुहका नेपाली नागरिकहरुको रहेको छ । कम्पनीमा उनीहरुको ३२ दशमलव १८ प्रतिशतले ५४ लाख ७५ हजार ४ सय ६२ कित्ता शेयर लगानी रहेको छ । त्यस्तै, संस्थापक समुहतर्फका नेपाली संस्थाहरुको १८ दशमलव ८२ प्रतिशतले ३२ लाख २ हजार ९ सय ५९ कित्ता शेयर र अन्य सर्वसाधारण समुहतर्फबाट ४९ प्रतिशतले ८३ लाख ३८ हजार ९३ कित्ता शेयर रहेको छ ।

इन्स्योरेन्समा हेमराज ढकालको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । इन्स्योरेन्समा उनको १० दशमलव १५ प्रतिशतले १७ करोड २७ लाख ७३ हजार रुपैयाँको शेयर लगानी रहेको छ । त्यस्तै शेयरधनी संस्था नेपाल बङ्गलादेश बैंकको ७ दशमलव ७४ प्रतिशतले १३ करोड १६ लाख ६८ हजार रुपैयाँ र कुमार पौडेलको ३ दशमलव ३० प्रतिशतले ५ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।

इन्स्योरेन्समा चन्द्र प्रसाद ढकालको ७ दशमलव ७५ प्रतिशतले १३ करोड १९ लाख ५९ हजार रुपैयाँको शेयर स्वामित्व रहेको छ । त्यस्तै, उषा इन्भेष्टमेन्टको ७ दशमलव ५० प्रतिशतले १२ करोड ७६ लाख ८९ हजार रुपैयाँ वरावरको लगानी रहेको छ ।

त्यस्तै, हाथवे इनभेष्टमेन्ट नेपालको ३ दशमलव २२ प्रतिशतले ५ करोड ४७ लाख ९७ हजार रुपैयाँ, तिलक वहादुर रानाभाटको २ दशमलव ३८ प्रतिशतले ४ करोड ५ लाख ३३ हजार रुपैयाँ, अन्जन श्रेष्ठको २ दशमलव २२ प्रतिशत ३ करोड ७८ लाख १४ हजार रुपैयाँ, निरञ्जन श्रेष्ठको २ दशमलव २२ प्रतिशत ३ करोड ७८ लाख १४ हजार रुपैयाँ, निराकर श्रेष्ठको २ दशमलव २२ प्रतिशत ३ करोड ७८ लाख १४ हजार रुपैयाँ लगानी रहेको छ ।

यस्तो छ कम्पनीको शेयर संरचना

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*