दुई वाणिज्य बैंकमा झुुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

९ माघ २०७९, सोमबार १५:०६

काठमाडौं । तीन दिनपछि खुलेको शेयरबजार आज दोहोरो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ सेसनमा नेप्से सूचक बढेपनि मार्केट क्लोज हुँदासम्म १३.७१ अकले घटेर २१६५ विन्दुमा कायम भएको छ ।

शेयरबजार घटेपनि आज ३ अर्ब ८६ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै एनआइसी एशिया बैंकको पनि १२ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ११ करोड ३३ लाख, अपि पवारको ११ करोड १३ लाख र एभरेष्ट बैंकको १० करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*