मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका लागि राष्ट्र बैंकले माग्यो राय सुझाव

९ माघ २०७९, सोमबार १७:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको लागि राय सुझाव पेश गर्न आह्वान गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक समिक्षाका लागि सम्पूर्ण सरोकारवालाहरुसँग राय सुझाव मागेको हो ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८, बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सो ऐनबमोजिम राष्ट्र बैंकले आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका लागि सम्बन्धित सरोकारवालाहरुसँग राय सुझाव मागेको हो ।

सम्बन्धित व्यक्तिले आफ्नो राय सुझावहरु माघ २० गतेसम्म केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागको इमेल मार्फत बुझाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*