नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्तामा आजदेखि बिक्री खुल्ला

१० माघ २०७९, मंगलवार १०:१५

काठमाडौं । नबिल बैंकले आज (माघ १० गते) देखि आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तकोे संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । बैंकले स्वावलम्बनको १ लाख ५९ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो ।

उक्त शेयरमा न्यूनतम ५ सय ५५ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा माघ २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*