जानकी फाइनान्सको नाफा ५९ प्रतिशतले घट्यो, इपीएस कति ?

१० माघ २०७९, मंगलवार १०:३९

काठमाडौं । जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म एक करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा घट्न पुगेको हो ।

कमाएको छ । यो नाफा गत वर्षको भन्दा ५९% ले थोरै हो । गत वर्ष यसले ३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा इम्पेयरमेन्ट चार्ज बढेकाले र सञ्चालना नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

गत वर्ष ३ करोड ३२ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ९०.०५ % बढेर ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा ५७.९८% ले घटेर १ करोड ७९ लाख रुपैयाँमा झरेको छ । यता, कम्पनीको खुद ब्याज आम्दानी भने ६.१५% ले बढेर १० करोड १० लाख रुपैयाँ पुगेको छ ।

हाल यस फाइनान्सको चुक्ता पुँजी ६९ करोड ४ लाख ७२ हजार रुपैयाँ छ । जगेडा कोषमा २० करोड ५१ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८५ पैसाबाट घटेर ४ रुपैयाँ २३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*