मेट लाइफ पनि अब एनपीएसमा आबद्ध

१० माघ २०७९, मंगलवार १०:४५

काठमाण्डौं । मेट लाइफ नेपालले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस) का  लागि सम्झौता गरेको छ।

यो सम्झौतासँगै मेट लाइफका ग्राहकलाई प्रिमियम भुक्तानी र दाबी भुक्तानीका लागि सहज र छिटो हुने विश्वास गरिएको छ। यसैगरी मेट लाइफले एनपीएसअन्तर्गतका विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ। जसमार्फत एजेन्ट कमिसन, सर्भेयर पेमेन्ट, स्यालरी पेमेनट, भेण्डर पेमेन्टलगायतका भुक्तानी सहज ढंगले गर्न सक्नेछन्।

एनसीएचएलमा देशका सबै मुख्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*