हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१० माघ २०७९, मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो दिन मंगलबजार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले घटेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म ८.१४ अंकले बढेर २१७३ विन्दुमा पुगेको छ ।

शेयरबजार बढेसँगै आज शेयरबजारमा ३ अर्बमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल टेलिकमको १२ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

त्यस्तै, शिव श्री हाइड्रोपावरको १० करोड ४१ लाख, अपि पावरको ९ करोड ३० लाख, अपर तामाकोशीको ९ करोड १६ लाख र एनआइसी एशिया बैंकको ७ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*