सामान्य अंकले बढ्यो नेप्से, फाइनान्स इन्डेक्स चम्किदा ३ अर्बको कारोबार

१० माघ २०७९, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन मंगलबजार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले घटेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म ८.१४ अंकले बढेर २१७३ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २४८ कम्पनीको ८३ लाख १८७ कित्ता शेयर किनबेच हुँदा आज ३ अर्ब ३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । साथै नेप्सेमा रहेका १३ सूचकमध्ये आज ४ सूचक राताम्य रहेका छन् भने बाँकी सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक आज फाइनान्स इन्डेक्स ४.२९ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*