नेप्सेमा सूर्यज्योति लाइफको साढे ४ करोड कित्ता शेयर सूचीकृत, भोलिदेखि नै कारोबारमा आउने

१० माघ २०७९, मंगलवार १५:३०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई समायोजित शेयर आज नेप्सेमा ‘एसजेएलआइसी’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर सूचीकृत भएको हो । दुई कम्पनीबीच १ः०.८२४५ अनुपातमा मर्ज भई कायम हुन आएको शेयर आज सूचीकृत भएको हो । साथै नेप्सेले सो कम्पनीको शेयर भोलिदेखि नै कारोबार गर्न मिल्नेगरी फुकुवा समेत गरिदिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*