नेप्सेद्वारा एक कम्पनीको शेयर कारोबार फुकुवा

१० माघ २०७९, मंगलवार १५:३५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ ।

संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको कारण नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम शेयर कारोबार रोक्का राखेको थियो ।

साथै संस्थाले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याने स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आजदेखि नै सो कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो । सो पश्चात् संस्थाको शेयर भोलिदेखि नै कारोबार गर्न मिल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*