लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, बोनस घट्यो

११ माघ २०७९, बुधबार १०:१६

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटडले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा नेपाल बीमा प्राधिकरणबाट सो लाभांश संशोधन भएको हो ।

बीमा प्राधिकरणबाट स्वीकृत भएर आएपश्चात् कम्पनीको बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ६.९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ । यसअघि कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*