यसकारण घट्यो सेन्ट्रल फाइनान्सको मुनाफा, इपीएस कति ?

११ माघ २०७९, बुधबार १०:२९

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्सको नाफा गत आवको तुलनामा ह्वात्तै घट्न पुगेको हो ।

फाइनान्सले यस अवधिसम्म कमाएको मुनाफा गत आवको तुलनामा करिब ९८.८६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म फाइनान्सले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा फाइनान्सको खुद नाफा घट्न पुगेको हो । यस अवधिसम्म फाइनान्सको इम्पेरमेन्ट चार्ज बढेर ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५४.६३ प्रतिशत घटेको छ। फाइनान्सको इम्पेरमेन्ट चार्ज २ करोड रुपैयाँबाट बढेर ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ। यससँगै सञ्चालन मुनाफा ९८.९४ प्रतिशत घटेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ७ रुपैयाँ ८७ पैसा घटेर ८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ४३२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ८ पैसा रहेको छ।

चुक्ता पूँजी ९४ करोड ८८ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोष ०.९६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा फाइनान्सको सापटी १.५६ प्रतिशत बढेको छ भने कर्जा २.०३ प्रतिशत घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*