आरएसडीसी लघुवित्तद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

११ माघ २०७९, बुधबार १०:३६

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । संस्थाले गत पुष २९ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

संस्थाले कम्पनी रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेडमार्फत शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा लाभांश जम्मा गरिदिएको हो । बुक्लोज हुनुभन्दा अघिसम्म कायम रहेको शेयरधनीहरुले आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेपछि उक्त लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*