प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

११ माघ २०७९, बुधबार १०:४८

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको २३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा न्यूनतम ३ सय ५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा माघ २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम २००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारले माघ २० गतेसम्म बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल, काठमाडौंमा आफुले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*