नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

११ माघ २०७९, बुधबार ११:०३

काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको कपन शाखा कार्यालय स्थानान्तरण गरेको हो ।

बैंकले काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–१०, आकाशधारा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–१६, बनस्थलीमा स्थानान्तरण गर्ने भएको हो ।

साथै बैंकले स्थानान्तरण हुन लागेको शाखा कार्यालयमा रहेका लकर तथा ग्राकहरुका खाताहरु सोही शाखा नजिकको शाखा कार्यालयमा स्थानान्तरण गरी सेवा सुचारु रहने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*