एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस नतिजा

११ माघ २०७९, बुधबार ११:५९

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको निमित्त जारी गरेको ३ लाख ४० हजार कित्ता साधारण शेयर बाँडफाँड सम्पन्न गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरले आयोजना अति प्रभावित क्षेत्रका लागि जारी गरेको १ लाख ३६ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि जारी गरेको २ लाख ४ हजार कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई ६४ हजार कित्ता साधारण शेयर निष्काशन गरेकोमा रितपुर्वक आवेदन दिनेहरुको लागि आइपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि मंसिर २७ गतेदेखि १९ गते सम्म र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागी मंसिर २७ गतेदेखि पौस १२ गतेसम्म आइपीओ निष्काशन गरेकोमा सो समयमा रितपुर्वक आवेदन दिने सम्पुण आवेदकहरुहरुको आवेदन बाँडफाँड गरेको हो ।

कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित मुल्यका दरले निष्काशन गरेको थियो ।

यसरी हेर्नुहोस नतिजाः

एनएमबि क्यापिटलको वेवसाइट  https://www.nmbcl.com.np/ मार्फत रिजल्ट हेर्न सकिन्छ । साथै, कम्पनीको वेवसाई   https://asianhydro.com.np/  मार्फत रिजल्ट हेर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*