कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

११ माघ २०७९, बुधबार १३:०५

काठमाडौं । कुमारी बैंकले ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयरको बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

उक्त शेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई नै दिइएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने जनाएको छ ।

आवेदन शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालयमा बुझाउन भनिएको छ । शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने सर्त राखिएको छ ।

म्यादभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरे सो शेयर अन्य व्यक्ति तथा कम्पनीमा बिक्री गरिने पनि बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*