हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, यी बुधबार आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

११ माघ २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । आज नेप्से सूचक १० अंकले बढेर २१८३ विन्दुमा कायम भएको छ ।

नेप्से सूचक बढेसँगै आज शेयरबजारमा ३ अर्ब ४६ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नेशनल हाइड्रोपावरको १० करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड २१ लाख, ग्रिन लाइफ हाइड्रोपावरको ८ करोड ३६ लाख, अपर तामाकोशीको ६ करोड ९७ लाख र शिवम् सिमेन्ट्सको ६ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*