कामना सेवा विकास बैंकका सिईओ सहितका कर्मचारीविरुद्ध पक्राउ पुर्जी, नक्कली ऋणी खडा गरी ऋण आफैंले लिएको अनुसन्धानबाट खुल्यो

११ माघ २०७९, बुधबार १४:३९

काठमाडौं । करौडौं रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा नेपाल प्रहरीले कामना सेवा विकास बैंकका सिइओसहित संलग्न केही विभागीय कर्मचारीविरद्ध पक्राउ पुर्जी जारी गरेको छ । विभिन्न संस्था तथा व्यक्तिलाई कर्जा प्रवाह गर्दा ३१ करोड रुपैयाँ अपचलन गरेको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएपछि अहिले बैंकका सिईओ प्रविन बस्नेत सम्पर्कविहीन भएका हुन् । केन्द्रीय बैंकले अनुसन्धान पुरा गरेर कारबाही अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई पठाइसकेको छ ।

बैंकका सिइओ तथा कर्मचारीले विभिन्न संस्था तथा व्यक्तिलाई ३१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा अपचलन गरेको पाइएपछि झापास्थित दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो।राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउँदै कामना सेवा बैंक, संस्थापक काफ्लेलाई सर्वसाधारणबाट सञ्चालक बैंकमा महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको, आन्तरिक परीक्षामा फेल भएका सुरेश उप्रेतीलाई पास गराइएको, आफूलाई मन पर्ने कर्मचारीलाई कार्यसम्पादनमा कमजोर भए पनि बढुवा गरिएको, कौडीको मोल भएको जग्गा धितो राखेर करोडौं रुपैयाँ ऋण प्रवाह गरेको लगायत विषय उल्लेख गरेर केन्द्रीय बैंकमा उजुरी परेको छ ।

झापा जिल्लाका डिएसपी वसन्त पाठकले भने, हामीले अहिले घटनाको बिषयमा उजुरी परेको छ। अध्ययन गरेर हाल यस बिषयमा छानविन हुँदैछ । घटनाको विस्तुतत जानकारी भने अहिले नै पूर्ण रुपमा खुलाउन नमिल्ने उनले बताए ।

नेपाल राष्ट्र बैंकले अनुसन्धान थालेदेखि बैंकका सिइओ प्रविण बस्नेत अहिले फरार छन्। राष्ट्र बैंकको अनुसन्धानबाट दोषी देखिएपछि अहिले बैंकका सिइओ बस्नेत सम्पर्कविहीन भएका छन्।बैंकका सिइओ तथा कर्मचारीका मिलेमतोमा दमकमा विभिन्न व्यक्तिलाई दिएको कर्जा दुरुपयोग गरेको पुष्टि भएपछि राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही अघि बढाउन केही समयअघि सिआइबीलाई पत्राचार गरेको थियो। सिआइबीले बैंकका कर्मचारीलाई बोलाएर बयान लिइरहेको छ।

सम्पत्ति मूल्यांकनकर्ता र बैंकका कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी कतिपय ऋण आफैंले लिएको अनुसन्धानबाट देखिएको छ। कमसल धितो राखेर कर्जा दिएको र कर्जा आफैं लगेको तथा नक्कली कागजात एवं ऋणी खडा गरेर कर्जा लिएको पाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*