नेप्सेद्वारा थप एक कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने

११ माघ २०७९, बुधबार १५:२८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । प्रभु इन्स्योरेनस लिमिटेडको शेयर आजदेखि नेप्सेले फुकुवा गरिदिएको हो ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मर्जर गर्ने सम्झौता भंग भई गत पुष २६ गतको पत्रानुसार नेपाल बीमा प्राधिकरणबाट समेत सैद्दान्तिक स्वीकृति रद्द भएको हुँदा नेप्सेले रोक्का रहेको प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । सो पश्चात् कम्पनीको भोलिदेखि नै शेयरबजारमा कारोबार खुल्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*