स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

११ माघ २०७९, बुधबार १७:०७

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।

उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ । बैंकले प्रतिइकाई मुल्य १००० रुपैयाँका दरको कुल २४ लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष हुनेछ । बैंकले उक्त ऋणपत्र निष्काशन गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटललाई नियुक्त गरेको हो ।

निष्कासन हुने कूल रकम मध्ये १ अर्ब ४४ करोड रुपैयाँ बराबरको ऋणपत्र निजी तवरमा र बाँकी ९६ करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारण लगायत म्युच्युअल फण्डहरुको लागि बिक्री गरिनेछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा संचालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । साथै नेपालमा आइसिआरए नेपालद्वारा  ICRANP-IR AAA  श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा मान्यता दिइएको छ । हालैमात्र यो बैंकले न्यू बिज सम्मेलनमा बेस्ट म्यानेज्ड कमर्सियल बैंक नेपाल–२०२२ को पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*