एलआईसी नेपालकी दिप्ती गौचन एमडिआरटी सन् २०२४ को लागि चयन

११ माघ २०७९, बुधबार १७:३५

काठमाडौं । एलआईसी नेपालका काठमाडौं शाखाबाट दिप्ती गौचनले आगामी २०२४ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी छिन् । दिप्तीले एमडिआरटीको लक्ष्य पुरा गरेकी हुन् । बीमा व्यवसायमै आबद्ध भएर सन् २०२४ को एमडिआरटी लक्ष्य पाउन सफल भएकि हुन् ।

काठमाडौंमा रहेर काम गर्दै आएकी दिप्ती बीमा व्यवसायमा लागेर छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल एजेन्सी म्यानेजर हुन् ।बीमा क्षेत्रमा लागेर छोटो अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएकोमा कतिपय बीमा कम्पनीहरुले नुमना एजेन्सी म्यानेजरको रुपमा समेत दिप्तीलाई लिने गर्दछन् ।

अंग्रेजी क्यालेण्डरको जनवरी शुरुदेखि डिसेम्बर अन्त्यसम्ममा अभिकर्ताले हासिल गरेका व्यवसायीक लक्ष्यको आधारमा एमडिआरटी, सिओटी र टिओटी उपाधीबाट सम्मान गरिन्छ ।एमडिआरटीमा तीन प्रकारका सदस्य हुन्छन् । एमडिआरटीको ६ गुणा भन्दा बढी बीमाशुल्क संकलन गर्ने अभिकर्ताले टीओटी अर्थात टप अफ द टेवलको उपाधि पाउनेछन् ।

एमडिआरटीको ३ गुणा बढी बीमाशुल्क संकलन गरेमा सीओटी अर्थात कोर्ट अफ द टेवल बन्न बन्न पाउँछन् ।
वर्षमा एमडीआरटी र सीओटीको मिटिङ एकपटक हुन्छ । यस्तै, टीओटीको मिटिङ् पनि अलग हुन्छ । यस्तो मिटिङ भने सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेका लागि गरिएको हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*