विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी इसेवामा सिरोहियाको हस्तक्षेप, ग्राहकको तथ्याङ्कको सुरक्षामाथि प्रश्न

११ माघ २०७९, बुधबार १७:४२

काठमाडौं । समाचार लेखेर इसेवाको शेयर कब्जा गरेका कैलाश सिरोहियाले अब व्यवस्थापनमा समेत हस्ताक्षेप गरेका छन् । केही समयअघि बलपूर्वक सिईओ हटाएका सिरोहियाले पछिल्लो समय कम्पनी पूर्ण रुपमा कब्जा गर्न सफल भएको भन्दै लगानीकर्ताहरु असन्तुष्ट बन्न थालेका छन् ।

इ–सेवाका संस्थापक विश्वास ढकाल, अस्गर अली लगायतलाई पाखा लगाउन सफल भएको सिरोहिया ग्रुपले नयाँ सिईओको रुपमा जगदिश खड्कालाई सम्पूर्ण जिम्मेवारी सुम्पेको छ । बाहिरबाट हेर्दा कम्पनीको सिईओ जगदिश खड्का देखिएपनि खासमा इसेवाको सबै नीतिगत निर्णयहरु सम्भव सिरोहियाले गर्ने गरेको बताइको छ ।

आम नेपालीहरुको डिजिटल वालेट बन्न सफल भएको कम्पनीको ठूलो शेयर हिस्सा बलपूर्वक हात पारेपछि अहिले कम्पनीमा समेत कब्जा जमाउने उद्देश्यले गतिविधि हुन थालेपछि यसका संस्थापक अस्गर अलीहरु समेत कार्यालय आउन छोडिसकेका छन् ।

इसेवालाई आजको अवस्थामा ल्याई पुर्याउन दुःख गरेकाहरुलाई हटाउँदै लगेको इसेवा अब पूर्ण रुपमा सिरोहिया समुहको हातमा पुगिसकेको छ । इसेवा एक विद्युतीय भुक्तानीको माध्यम भएकोले इसेवामा खाता खोलेको ग्राहकहरुको डाटाको सुरक्षा चुनौतिपूर्ण बन्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*