नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो देखियो वित्तीय अवस्था

१२ माघ २०७९, बिहीबार १०:३८

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा २८.४४ प्रतिशतले बढ्न पुगेको हो ।

गत आवको यसै अवधिसम्म बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साथै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७१.३२ प्रतिशतले बढेर ११ अर्ब ९५ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ७३.९२ प्रतिशतले बढेर ४ अर्ब १८ करोड कायम भएको छ । बैंकको खुद संचालन आम्दानी भने २१.२४ प्रतिशतले बढेर ४ अर्ब ५९ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ ।

चालु आवको पुष मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रहेको छ भने रिजर्भमा २३ अर्ब ५५ करोड रहेको छ । यस अवधि बैंकले ३ खर्ब १७ अर्ब कर्जा प्रवाह गरेको छ भने बैंकको निक्षेप ३ खर्ब ५५ अर्ब रहेको छ ।

बैंकको खराब कर्जा बढेर ३.७१ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी १५.६१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा रहेको छ ।

साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र साविकको मेगा बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*