बुद्धभूमी हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

१२ माघ २०७९, बिहीबार १०:५२

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चौधौ वार्षिक साधारण सभा फागुन ५ गते वालनट बिस्ट्रो एण्ड ब्याङ्क्वेट पानीपोखरीमा बिहान ११ बजे बस्नेछ ।

सभाले आर्थिक वर्ष २०७७।७८ र आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै कम्पनीले चुक्तापुँजी र संचित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत गरेयको आर्थिक सहयोगलाई अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्नेछ ।

यसका साथै २०७८ असार मसान्त र २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै गत आव २०७८।७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र जिनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु सभामा लैजानेछन् ।

त्यस्तै, सर्वसाधारण शेयरधनीहरु समूह ख बाट प्रतिनिधित्व गर्ने २ जना संचालक र एकजना स्वतन्त्र संचालन चयन गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*