तीन निर्जिवन बीमा कम्पनीको आजदेखि शेयर कारोबार खुल्ने

१२ माघ २०७९, बिहीबार १०:५७

काठमाडौं । आजदेखि तीन निर्जिवन बीमा कम्पनीको शेयर कारोबारमा आउनेछन् । नेप्सेले बुधबार प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

नेप्सले प्रभु इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँगको मर्जर भाडिएसँगै सो कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो । त्यस्तै, नेप्सेले सगरमाथा र लुम्बिनी जनरल एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता भएसँगै रोक्का राखेको शेयर हिजदेखि फुकुवा गरेको हो । सोपश्चात् आजदेखि यी तीनवटै कम्पनीको शेयर आजदेखि कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*