सूर्यज्योति लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा सर्किट

१२ माघ २०७९, बिहीबार १३:३०

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर १० प्रतिशत अर्थात् ३८ रुपैयाँ २० पैसाले बढेर ४२० रुपैयाँ २० पैसा शेयरमूल्य पुगेको छ ।

त्यस्तै, सूर्यज्योति लाइफको शेयर ९.९८ प्रतिशत अर्थात् ४०.८० रुपैयाँले बढेर शेयरमूल्य ४४९ रुपैयाँ ५० पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*