तीन कम्पनीद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा, कुनको कति ?

१२ माघ २०७९, बिहीबार १४:०८

काठमाडौं । तीन कम्पनीले आ–आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । मन्दाकिनी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तले आ–आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको हो ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्नो सम्पन्न साधारण सभाबाट पारित भएको गत आर्थिक वर्ष २०७८।७९ को लागि ५ नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा आजदेखि जम्मा गर्न सुरु गरेको हो ।

साथै मेरो माइक्रोफाइनान्स लघुवित्तले पनि माघ १० गतेदेखि माघ ६ गते सम्पन्न भएको साधारण सभाबाट पारित भएको १० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।

त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि गत पुष २९ गते सम्पन्न भएको साधारण सभाबाट पारित भएको ३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको हो ।

यी तीनवटै कम्पनीले लाभांश खातामा नआएका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । खाता अद्यावधिक गरेपछि मात्र लाभांश खातामा पठाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*