यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१२ माघ २०७९, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म नेप्से सूचक बढेपनि मार्केट क्लोज हुँदासम्म ०.३५अंकले घटेर २१८८ को विन्दुमा कायम भएको छ ।

नेप्से घटेसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । आज शेयरबजारमा २ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सर्वाधिक समृद्धि फाइनानसको ९ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ८ करोड ६१ लाख, आँखुखोला जलविद्युतको ७ करोड ३८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६७ लाख र अपि पावरको ६ करोड ४१ लाख रुपैयाँमाथिको कारोबा भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*