उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, बीमा उपसूचकमा सर्वाधिक बृद्धि

१२ माघ २०७९, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले नेप्से इन्डेक्स बढेतापनि मार्केट क्लोज हुँदासम्म नेप्से सूचक ०.३५ अंकले घटेर २१८३ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ८२ हजार रुपैयाँको कारोबार भएको छ । लगानीकर्ताहरुले नाफा बुक गरेका कारण आज शेयरबजारमा करेक्सन देखिई कारोबार रकम समेत घट्न पुगेको हो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, निर्जिवन बीमा र ब्यापार सूचकमा हरियाली छाएको छ भने बाँकी सबै इन्डेक्स घट्न पुगेको छ ।

सर्वाधिक आज निर्जिवन बीमा उपसूचक १.४९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा सूचकको पनि १.२७ प्रतिशतले बढेको छ भने सर्वाधिक फाइनान्स सूचक १.३६ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*