बीमा कम्पनीहरुले पुँजि पुर्‍याउन मर्जरलाई प्राथमिकता राख्दै, न्यूनतम पुँजि नपुगेका कम्पनीहरुले हकप्रद शेयर जारी गर्न पाउने, कुनले कति हकप्रद शेयर जारी गर्दैछन् ?

रिना खत्री
१२ माघ २०७९, बिहीबार १७:४६

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्ममा अनिवार्य चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ। बीमा कम्पनीहरुले क्यापिटल प्लान प्राधिकरणमा बुझाईसकेका छन् ।क्यापिटल प्लान बु्झाउन तीन महिनामात्रै बाँकि रह्दा प्राधिकरणले पुन क्यापिटल प्लान मागेर अध्ययन गरिसकेको छ । प्राधिकरणको निर्देशन बीमोजिम अधिंकाश बीमा कम्पनीहरुले मर्जरलाई नै प्राथमिकतामा राखेको छ भने बाँकि केही मात्रै अन्य विकल्प प्रयोग गरेको छ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जरमा गएका कम्पनीहरुको चुक्ता पुँजि नपुगेको खण्डमा हकप्रद शेयर जारी गर्न पाउने बताए ।
हाल संचालमा रहेको ३६ कम्पनीमध्ये एक कम्पनीले मात्रै हकप्रद शेयर जारी गरेर पुँजि पुराउन लागेको छ । कम्पनीको हकप्रदलाई प्राधिकरणले स्विकृती समेत दिईसकेको छ । बाँकि मर्जर पश्चात् पनि चुक्ता पुँजि नपुग्ने कम्पनीहरुले पनि हकप्रद शेयर जारी गर्न पाउनेछन् ।

पुँजि वृद्धिको लागि मर्जरपश्चात पनि कतिपय बीमा कम्पनीहरुको चुक्ता पुँजी नियामक बीमा प्रधिकरणले तोकिए बमोजिम नपुग्ने देखिएको छ।नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) ले गत चैतमा जीवन बीमा कम्पनीहरुले चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको थियो।

यससँगै अधिकांश बीमा कम्पनीहरुले पुँजी बढाउन मर्जरमा जाने सम्झौता गरिरहेका छन् । मर्जरपछि पनि कतिपय कम्पनीहरुको न्यूनतम पुँजी प्राधिकरणले तोके अनुसार नपुग्ने देखिएको छ। मर्जरपश्चात् पनि पुँजि पुराउने अन्तिम विकल्प भनेको हकप्रद नै देखिन्छ ।

बीमा प्राधिकरणले दिएको निर्देशन बीमोजिम पुँजि पुराउने निर्णय लगभग नजिकिँदै छ। प्राधिकरणले तोकको समयमा अधिंकाश बीमा कम्पनीहरु पुँजि पुराउन सकस देखिन्छ । बीमा कम्पनीहरुले मर्जर गएपनि पुँजि पुराउन नसकेको खण्डमा हकप्रद शेयर जारी गर्न पाउने बीमा प्राधिकरणका एक अधिकारीले बीमापोष्टलाई बताए ।

उनले भने, ‘बीमा कम्पनीहरुले हकप्रद सेयरबाट मात्रै चुक्ता पुँजी पुर्याउन पाउँदैनन्, तर बोनस वितरण लगायतका विधि पूरा गरेपछि तोकिएको चुक्ता पुँजी पुगेन भने हकप्रद जारी गर्न सक्नेछन् ।’ यस्तै, सबल कम्पनीहरुले बोनस पनि दिन सक्नेछन् ।

यता, नेप्सेमा सूचीकृत नभएका बीमा कम्पनीहरुले धमाधम चुक्ता पुँजी पुर्याउन आइपीओ जारी गर्न तयारी थालेका छन् ।
हाल रिलायबल नेपाल लाइफ र आइएमई लाइफले धितोपत्र बोर्डमा आइपीओ जारी गर्ने अनुमति मागेका छन् । अन्य बीमा कम्पनीहरुले पनि साधारण सभाबाट आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेका छन् ।

कुन बीमा कम्पनीकोे कति हुँदैछ चुक्ता पुँजी ? 

जीवन बीमा कम्पनीहरुमध्ये व्यवसाय र अन्य वित्तिय अवस्थामा पनि अग्रस्थानमा रहेको कम्पनी नेपाल लाइफ हो । कम्पनीको हालको चुक्ता पुँजि ८ अर्ब २० करोड रुपैयाँ रहेको छ।
प्राधिकरणले तोकेको पुँजि पुराईसकेको कम्पनी भएको हुँदा कम्पनीलाई कुनै समस्या छैन । कम्पनीको पुँजि प्रधिकरणबाट तोकिएको भन्दा ३ अर्ब २० करोडले बढी छ कम्पनीसँग हाल संचालमा रहेको कुनै पनि पुँजि नपुराएका कम्पनीले मर्जरको प्रस्ताव गरेका छैनन् ।

त्यस्तै, प्राइम लाइफ, युनियन र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्ज हुने सम्झौता गरेका छन् । यदि यी तीन कम्पनीहरु १ बराबर १ को सेयर स्वप रेसियोमा मर्ज हुन्छन् भने मर्जरपछि बन्ने कम्पनीको चुक्ता पुँजी पनि ८ अर्ब भन्दा बढी हुनेछ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा पहिला मर्जर सम्झौता गरेर तंरगीत गरेको कम्पनी एक्चुरी भ्यालुएसनको कारण एकिकृत कारोबारमा पछाडि पर्ने देखिएको छ।

त्यस्तै, एलआइसी (नेपाल) ले भने ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गरेर पुँजी बढाउने भएको छ । हकप्रदपछि यस कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।यी कम्पनी बाहेक अन्य जीवन बीमा कम्पनीहरुको भने बोनस शेयर र मर्जरपश्चात पनि चुक्ता पुँजी ५ अर्ब नपुग्ने देखिएको छ ।

यता, एक आपसमा मर्जर सहमति गरेका प्रभु लाइफ र महालक्ष्मी लाइफको पनि चुक्ता पुँजी ५ अर्ब पुर्याउन ९० करोड रुपैयाँ थप गर्नुपर्ने देखिन्छ ।महालक्ष्मी लाइफले अहिलेसम्म सार्वजनिक सेयर निष्कासन (आइपीओ) गरेको छैन । त्यस्तै, सानिमा र रिलायन्स लाइफको पनि मर्जरपश्चात पनि पुँजि ५ अर्ब पुग्ने देखिँदैन ।

त्यस्तै, एशियन लाइफलाई पनि ५ अर्ब पुँजी पुर्याउन २ अर्ब ९ करोड पुग्दैन । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले पनि पुँजि जुटाउन मर्जर र बोनस शेयरको सहारा लिएका छन् ।यस अवधिसम्म चार कम्पनी मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । मर्जर भए पनि यी कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड पुगेको छैन् । हिमालयन जनरल र एभरेष्टबीच मर्ज भएर बनेको हिमालय एभरेष्ट इन्स्योरेन्स चुक्ता पुँजी अहिले २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

केही समय अघि मात्रै कम्पनीले २.७५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बोनस शेयर पश्चात् पनि कम्पनीको पुँजि २ अर्ब ३० करोड रुपैयाँ मात्रै पुग्नेछ ।कम्पनीलाई पुँजि पुराउन २ अर्ब ५० करोड रुपैयाँ पुँजि पुर्याउन अझै १९ करोड ८४ लाख रुपैयाँ थप गनुपर्ने आवश्यक देखिन्छ ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर स्वाप रेसियो तोकेका छैनन् ।यी दुवै कम्पनीले १ बराबर १ अनुपातको स्वाप रेसियोमा मर्ज हुन्छन् भने नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड हुनेछ । यी दुवै कम्पनीले सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) रिपोर्टपछि मात्र सेयर स्वाप तोकिने जनाएका छन्।

त्यस्तै, प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सले पनि १ बराबर १ को सेयर स्वाप रेसियोमा मर्ज हुने सहमति गर्छन् भने यिनीहरुको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

शिखरले भने बोनस शेयरबाटै चुक्ता पुँजी वृद्धि गर्न लागेको हो । यस कम्पनीले १६ प्रतिशत बोनस सेयर वितरण गरे पश्चात चुक्ता पुँजी २ अर्ब ६५ करोड पुग्नेछ ।

त्यस्तै, प्रभुसँग मर्जर सम्झौता तोडेर युनाइटेड इन्स्योरेन्ससँग मर्जमा जाने सहमति गरेको अजोडलाई १०० बराबर ९० को सेयर स्वाप दिने सहमति भएको छ ।यी दुईबीच मर्जर भएपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी १ अर्ब ९७ करोड ९५ लाख रुपैयाँ हुनेछ ।

यस कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुर्याउन अझै ५२ करोड बराबर पुँजी आवश्यक पर्छ । त्यस्तै, नेपाल इन्स्योरेन्स, एनएलजी, प्रभु र प्रुडेन्सियल इन्स्योरेन्स लाई २ अर्ब ५० करोड पुँजी पुर्याउन अझै १ अर्ब भन्दा धेरै रकम आवश्यक पर्न जान्छ । यता, सबैभन्दा कम चुक्ता पुँजी राष्ट्रिय बीमा कम्पनीको रहेको छ ।

यसको पुँजी २६ करोड ६६ लाख ३६ हजार रुपैयाँ रहेको छ । यस कम्पनीलाई २ अर्ब ५० करोड पुँजी पर्याउन २ अर्ब २३ करोड ३३ लाख रुपैयाँ थप गर्नु पर्ने देखिन्छ ।

यता, नेको इन्स्योरेन्सले पनि १५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । यो बोनसपछि पनि कम्पनीलाई तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन झन्डै ४९ करोड रुपैयाँ पुग्दैन ।

चुक्ता पुँजि नपुगेको कम्पनीहरुले हकप्रद शेयर मार्फत नै न्यूनतम पुँजि पराउनुपर्ने देखिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*