आँधिखोला लघुवित्तको बार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव पारित

१३ माघ २०७९, शुक्रबार ०६:०५

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज बस्दैछ । सभा आज होटल गाउँबेशीको सभाहल, वालिङ–८, वालिङ, स्याङ्जांमा बिहान ११ः३० बजे बस्नेछ ।

सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १।५८ प्रतिशत नगद लाभांश गरी कुल ३१।५८ प्रतिशत लाभांश पारित गर्नेछ ।साथै सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने तथा प्राप्ति र मर्जरसम्बन्धि विशेष प्रस्ताव अघि बढाउन संचालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते बुकक्लोज गरिसकेको छ । यसर्थ माघ २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*