१९ महिनापछि रिभर्स रिपोमार्फत बैंकहरुबाट उठाइयो पाँच अर्ब निक्षेप, तरलता समस्या हल भएकै हो ?

१३ माघ २०७९, शुक्रबार ०९:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिवार आर्थिक संकटपछिको पहिलो रिभर्स रिपो जारी गरेको छ । बजारमा तरलता वालछ्याल भएको संकेत पाएसँगै केन्द्रीय बैंकले परिक्षणको रुपमा पाँच अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो । सो रिभर्स रिपोमा १५ अर्बभन्दा बढिको आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ ।

बजारमा तरलता बढि भएपछि त्यसलाई प्रशोचन गर्न रिभर्स रिपो जारी गरिन्छ । १९ महिनासम्म एसएलएफमार्फत बजारमा तरलता पठाएको केन्द्रीय बैंकले आर्थिक संकटपछि पहिलो पटक उपकरणमार्फत तरलता व्यवस्थापन गरेको हो ।

केन्द्रीय बैंकले पहिलो पटक रिभर्स रिपो जारी गरी माग भन्दा तीन गुणा बढि आवेदन परेपछि नेपालमा जारी तरलता संकट तत्कालको लागि समाधान भएको पुष्टि भएको छ । तरलता संकट समाधान भएसँगै अब बैंकहरुलाई ब्याजदर घटाउन चर्को दवाव बढ्नेछ । महंगो ब्याजदरका कारण उद्योगी व्यापारीहरुले ऋण चलाउनै नसक्ने अवस्था सिर्जना भएकोमा अब ब्याजदर घटेसँगै समस्याहरु विस्तारै समाधान हुने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*