प्रभु बैंकको सिइओमा अशोक शेरचन नियुक्त

१३ माघ २०७९, शुक्रबार १०:२१

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अशोक शेरचन नियुक्त भएका छन् ।
बैंकको माघ १२ गते बसेको संचालक समितिको बैठकले बाग्लुङ नगरपालिका वडा नं. २ बस्ने शेरचनलाई माघ १५ गतेदेखि लागू हुनेगरी ४ वर्ष कार्यकालका लागि सिइओमा नियुक्त गरेको हो ।

विगत २७ वर्षदेखि बैकिङ्ग क्षेत्रमा अनुभव बटुलेका शेरचनसँग हाम्रो बजार र विश्वव्यापी व्यापारको सामाजिक, आर्थिक, वित्तीय र राजनीतिक गतिशीलता र हाम्रो क्षेत्राधिकारमा निर्णयकर्ताहरूको गहिरो र फराकिलो सञ्जाल रहेको छ ।

शेरचनले सन् १९९५ मा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । पछि नेपाल बंगलादेश बैंक लिमिटेडमा आबद्ध भएपछि शेरचनले बैंकका साझेदारहरूसँग नजिकबाट काम गर्ने र बैंकलाई विकास गर्न सक्षम बनाउन सल्लाह, सिफारिस र जानकारी प्रदान गर्ने जिम्मेवार पाएका थिए ।

प्रभु बैंक लिमिटेडमा सामेल हुन सन् २००६ मा उनले बंगलादेश बैंकबाट अवकाश लिएका थिए । प्रभु फाइनान्स लिमिटेड र प्रभु विकास बैंक लिमिटेड दुबैको सीईओ समेत भइसकेका शेयरचन वित्तीय जीवनलाई समर्पित विभिन्न मर्जर र एक्विजिसनहरू मार्फत सम्पूर्ण संस्थाको नेतृत्व गर्न जिम्मेवार बहन गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*