एक बैंकले पठायो शेयरधनीहरुको हितग्राही खातामा बोनस

१३ माघ २०७९, शुक्रबार १०:३१

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकले गत साउन ९ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट पारित भएको ८.५० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । गत असार २७ गतेसम्म शेयर अभौतिकीकरण गराएका बैंकका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

साथै सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*