गणपति लघुवित्तको सिइओमा विष्णु प्रसाद ढकाल नियुक्त

१३ माघ २०७९, शुक्रबार ११:१०

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विष्णु प्रसाद ढकाल नियुक्त भएका छन् ।

सस्थाको माघ १२ गते बसेको संचालक समितिको बैठकले संस्थामा कार्यरत कायम मुकायम प्रमुख कार्यकारी अधिकृत ढकाललाई माघ १५ गतेदेखि लागू हुनेगरी सिइओ पदमा आगामी ४ वर्षका लागि नियुक्त गरेको हो ।

साथै नियुक्त सिइओ ढकाललाई सोही मितिदेखि नै लागू हुनेगरी कम्पनी सचिवको समेत जिम्मेवारीमा निरन्तरता दिइने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*