ग्लोबल आइएमई बैंकद्धारा नयाँ मोबाइल बैंकिङ सेवा सुचारु गर्न अनुरोध

१३ माघ २०७९, शुक्रबार ११:२१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाईल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल स्मार्ट प्लसबाट मात्र मोबाईल बैकिङ सेवा लिन आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सो जानकारी गराएको हो ।

साविकको बैंक अफ काठमाण्डु र ग्लोबल आइएमई दुबै बैंकमा खाता भई एउटै मोबाईल नम्बरबाट मोबाईल बैंकिङ सेवा लिइरहेका ग्राहकलाई बैंकले हाल ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ सेवा सुचारु गराउन अनुरोध गरेको छ ।

ग्राहकले संचालन गरिराखेका २ मध्य १ बचत खाता आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा गएर बन्द गरी मोबाईल नम्बर अद्याबधिक गराई पुनः मोबाईल सेवा सुचारु गर्न अनुरोध गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*