महालक्ष्मी विकास बैंकद्धारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा

१३ माघ २०७९, शुक्रबार ११:२१

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले गत पुष २९ गते सम्पन्न भएको २१औं साधारण सभाबाट पारित भएको ६.४७ प्रतिशत नगद लाभांश आजदेखि जम्मा गर्न सुरु गरेको हो ।

बैंकले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा लाभांश जम्मा गरिदिएको हो । हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनी तथा हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराएपछि मात्रै उक्त नगद लाभांश प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*