कालिका लघुवित्तको ६८ सय कित्ता शेयर बिक्रीमा

१३ माघ २०७९, शुक्रबार ११:२७

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाप समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

संस्थाले इन्द्र बिक्रम मल्लको नाममा रहेको ३१ सय कित्ता र गणेश शर्मा पौडेलको नाममा रहेको ३७२० कित्ता शेयर बिक्री गर्ने भएको हो । सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. १०, कास्कीमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*