बैंकको मुनाफालाई मात्र नहेरौं, खराब कर्जा अप्रत्याशित र वितरण योग्य नाफा धेरैको नकारात्मक छ: मनोज ज्ञवाली

१३ माघ २०७९, शुक्रबार १२:१४

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा बढि विक्छ । एक अर्कालाई दोषारोपण हुन्छ तर यसले समाधान कहिल्यै दिदैन । संयम, धैर्य, एक अर्कालाई साथ सहयोग र योजना संगै हरेक संकटवाट बाहिर निस्किन सजिलो हुन्छ । विश्व आर्थिक अबस्थासंग संगै नेपालमा पनि आर्थिक अभावको स्थिति अझै छ । गाह्रो सबैलाई छ अनि पर्याप्त प्रश्नहरु उब्जिन्छ नै ।

सरकार पुरै सङ्कलित आय रकमबाट चालु खर्चसम्म धान्न नसक्ने स्थितीमा छ, तलब भुक्तानी गर्न ऋणपत्र जारी गर्नुपर्ने स्थिति सहज होईन । प्रजातन्त्र, लोकतन्त्र र संघियताको यात्रा संग संगै पुँजीगत खर्च र चालु खर्चको अनुपात ५५ः४५ बाट घट्दै गएर ८०ः२० भन्दा न्यून भैसकेको छ । कसरी सम्हाल्ने सरकारलाई गाह्रो छैन र ?

उद्यमी व्यवसायीहरूको स्थिर खर्च बढेको छ । तर, बजारमा माग २० प्रतिशत देखि ७५ प्रतिशतसम्म घटेको छ । यसले गर्दा उकुसमुकुसको वातावरण छ । पुरानालाई त टिक्नु गाह्रो भैरहदा नयाँ उद्यमी आउन कसरी १ देश आर्थिक रुपमा समृद्ध हुन्छ कसरी रुउद्यमी र उद्यमशिलतालाई टेवा दिन सकेनौ भने हामी बच्दछौ र बांच्दछौ कसरी रु

बैंकहरुको खुद मुनाफा हेरेर कमेन्ट त गर्छौ हामी तर वितरण योग्य नाफा धेरैको नकारात्मक वा न्यून छ । खराब कर्जा अप्रत्याशित रुपले बढेको छ । स्थिति सुधार नभएमा निक्षेपकर्ताको हितसम्म सुरक्षित हुन गाह्रो हुने स्थिती आउन सक्दछ । बैकमा पैसा सबै नागरिकको छ हैन र रु बैकिङ विश्वासमा चल्छ र विश्वास गर्न यो डुब्दैन भन्ने स्थिति हुनुपर्छ हैन र रु बैंकमा पैसा नहुँदा कति व्यवसायीले ३६ देखि ४८ प्रतिशतसम्म ब्याजमा पैसा लिई गर्जो टार्नु भयो सोच्नुस त ?

हामी खरको छानो भएको बस्तीमा छौं। छिमेकीको घरमा आगो लाउन खोजे हाम्रो घर नी बच्दैन । छिमेकीको घरमा आगो लागेको थाहा भएमा आफ्नो घरमा खान राखेको खाने पानी समेत हालेर आगो निभाउँदा छिमेकीको नोक्सानी बच्दछ, बस्ती बच्दछ र आफ्नो घर पनि बच्दछ । गलतलाई तथ्य र तथ्याङ्क सहित गलत भनौ तर द्वेष फैलाउदै ताली खान खोज्नेहरुलाई ठाउँका ठाउँ ठिक पारौ– प्रोत्साहन गर्ने होईन ।

केहि सुधारका निर्दैशन र नियमनले अर्थतन्त्रको अवस्थालाई स्थिर वा केहि सुधारतर्फ लगेको थाहा हँुदाहँुदै पनि नियामकहरुले तालि खानुपर्ने ठाउँमा समेत गाली खानु परिरहेको छ । सहि नियमनलाई साथ नदिने हो भने भोलीको स्थिति अझै बिग्रिन सक्दछ । नियमन कस लाई ‘अहा’ अनि ‘गज्जब’ लाग्छ र – औषधी तितो नै हुन्छ । डाक्टरले दिएको औषधीले मुखै विगार्यो । डाक्टरले यो खान रोक्यो उ खान रोक्यो भनेर गाली गर्ने कि रोग ठिक हुदैछ, स्वस्थ हुँदैछु, आयु बढ्दैछ भनेर धन्यबाद दिने रु

युवाहरूमा काम गरौ भन्ने हुटहुटी छ । जोश छ । पढाइ छ तर सोचे झै अवसर नपाउने वातावरणले उनीहरुलाई अत्यन्तै नकारात्मक बनाइरहेको छ । तथ्य अनी तथ्याङ्क सहित वास्तविकता आफुले बुझेर अरूलाई समेत सम्झाउनु पर्ने यो जमात सामाजिक सञ्जाल, युट्युव र टिकटिकमा प्रचारित नकारात्मक सन्देशहरूका वाहक बनिरहेका छन् । यस्तै हुने हो भने उनीहरुसंगै देशको भविष्य कहां पुग्दछ र?

नागरिकहरुको आम्दानी घटेको छ, अवसरहरु घटेका छन खर्च क्षमता घटेको छ तर महँगी बढेको छ । उकुसमुकुस हर घरमा छ – हैन र ?यतिबेला संयम, धैर्य, एक अर्कालाई ढाडसरसाथरसहयोग अनि एक नागरिकको रुपमा मेरो सकारात्मक भुमिका के हुनुपर्छ भनेर हरेक पेशामा आबद्ध मान्छेहरुले सोच्नुपर्ने बेला पक्कै हो । नियामकले गाली खादै लिएका केहि निर्णयहरुले यो बर्ष केही आर्थिक सुचकांकमा सुधार आएका छन् । अगाडिका दिनहरू सुन्दर र समृद्ध हुन सक्दछन तर त्यहाँसम्म पुग्न एक अर्कालाई साथ दिंउ । नकारात्मक भन्दा सकारात्मक सन्देश बढि चर्चामा ल्याउ । बाढि र भेलमा एक अर्कालाई समातेर बसियो भने बाढिको जोखिम कम भैहाल्छ सबै सुरक्षित होईन्छ एक अर्कालाई छिर्र्की हान्न थालियो भने कोही पनि बाँचिदैन ।

यो समय सामाजिक, धार्मिक र पेशागत द्वेष फैलाउने बेला होईन । हामी खरको छानो भएको बस्तीमा छौं। छिमेकीको घरमा आगो लाउन खोजे हाम्रो घर नी बच्दैन । छिमेकीको घरमा आगो लागेको थाहा भएमा आफ्नो घरमा खान राखेको खाने पानी समेत हालेर आगो निभाउँदा छिमेकीको नोक्सानी बच्दछ, बस्ती बच्दछ र आफ्नो घर पनि बच्दछ । गलतलाई तथ्य र तथ्याङ्क सहित गलत भनौ तर द्वेष फैलाउदै ताली खान खोज्नेहरुलाई ठाउँका ठाउँ ठिक पारौ– प्रोत्साहन गर्ने होईन ।

समस्या जताततै छन, आशाका किरणहरु पनि छन् । बेइमानी र बेईमानहरु लाई खबरदारी गरौ तर सामाजिक, धार्मिक र पेशागत मर्यादा अनि सदभाव कायम राखौ–अहिले यो जरुरी छ । धेरै आर्थिक सुचकांकमा सुधार देखिएका छन, आशाका किरणहरु देखिएका छन् । राम्रो काम गर्दागर्दे अप्ठ्यारोमा परेकाहरुलाई साथ दिउँ, सहानुभूति राखौ, प्रोत्साहन गरौं । बेईमान र बदमासहरुलाई खबरदारी गरौं तर नकारात्मक सन्देश र द्वेष फैलाउदै ताली खान खोज्नेहरुलाई ठाउँका ठाउँ ठिक पारौ– प्रोत्साहन गर्ने होईन ।

समस्या छन तर पार पाउछौ भन्ने आत्मविश्वास राखौ । ’होस्टेमा हैसै’ गरौं ।

लेखक, ज्ञवाली नबिल बैंकका डेपुटी सिईओ हुन् ।  उनको फेसबुकबाट साभार गरिएको 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*