छेवरको अवसरमा बीमा पोलिसी उपहार

१३ माघ २०७९, शुक्रबार १२:२८

काठमाडौं । छेवरको अवसरमा हेटौडा उपमहानगर–१३ बस्ने रन्जना तामाङ्ग मुक्तानले छोरालाई पाँच लाखको बीमा उपहार दिएकी छन । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना परिवार, साथीभाई तथा इष्टमित्रलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको बेला रन्जनाले आफनो ११ वर्षीय छोरा आशिष मुक्तानको छेवरको अवसरमा बीमा उपहार दिएकी हुन ।

जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा महत्वपुर्ण भावी सुरक्षाको लागि बिमा रहेकोले छेवरको अवसरमा बिमा गरिदिएको मुक्तानले बताइन । १५ वर्षपछी उच्च शिक्षा र भविष्यको तैयारी स्वरुप एशियन लाइफ इन्सोरेन्समा बिमा गरिएको मुक्तानले बताइन ।

एउटै बिमालेखबाट अभिभावक र बच्चा दुवैको जोखिम बहन हुनुको साथै अन्त्यमा शत प्रतिशत बिमाङ्ग र बोनस दिने भएकोले यो बिमा उच्च शिक्षामा महत्वपुर्ण भुमिका खेल्ने शाखा कार्यलय हेटौडाका शाखा प्रबन्धक हिरालाल श्रेष्ठले बताए ।

उत्सव, जन्मदिन, छेवर जस्ता कार्यमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा आर्थिक भार न्युनिकरण र शिक्षाको ग्यारेन्टीमा महत्वपुर्ण योगदान पुग्ने सिनियर बिमा एडभाइजर राजु साहले बताए ।

तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले कम्पनीको बाल उच्च शिक्षा योजना दिएको सिनियर एजेन्सी राजु साहले बताए ।
तामाङ्घ समुदायको अत्यन्त महत्वपुर्ण संस्कारको रुपमा रहेको छेवर कार्यक्रममा अभिकर्ता सुनिता मोक्तान, इस्टमित्र लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*