मर्जरअघि सम्मानजनक समायोजन गर्न गुराँस लाइफ इन्स्योरेन्सका कर्मचारीको माग

१३ माघ २०७९, शुक्रबार १३:४६

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघले प्राइम लाइफ र युनियन लाइफसँगको मर्जरलाई लिएर ध्यानाकर्षण जनाएको छ । संघले कम्पनीका सिइओ विपिन लाललाई ध्यानाकर्षण पत्र लेख्दै तीनवटा जीवन बीमा कम्पनीबीच भएको एक आपसमा गाभ्ने।गाभिने प्रक्रिया सम्पन्न गर्न संस्थागत शेयर अनुपात, मर्जर पश्चात बन्ने कम्पनीको नाम जस्ता बिषय टुङ्याई सकिएको सूचनालाई मध्यनजर गर्दै गम्भिर ध्यानाकर्षण जनाएको हो ।

कम्पनीमा कार्यरत प्रचलित श्रम ऐन कानूनले दिएको अधिकार भित्र रही मिति २०६९ सालमा स्थापित भएको कर्मचारी संघले सम्पूर्ण कर्मचारीहरुलाई संगठित गरि उनीहरुको पेशागत हक हितको संरक्षण र सम्बर्द्धन गर्दै आइरहेको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ पूँजी पुर्याउनुपर्ने व्यवस्था रहेकोमा गत बैशाख २९ मा गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने प्रारम्भिक सहमति भएको थियो ।

तीन कम्पनीबीच भएको मर्जर सम्झौतालाई लिएर गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघले कर्मचारीहरुको योग्यता, दक्षता र जेष्ठताको सम्मानजनक रुपमा समायोजन हुनुपर्ने लगायत ६ बुँदे माग समेत राखेका छन् ।

कम्पनीको पूँजीगत आधारलाई मजबुत बनाई प्रतिस्पर्धात्मक क्षमताको बिकास गर्न तथा लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नका लागि चालिएको उक्त कदम सकारात्मक भएपनि मर्जर तीन कम्पनीहरुको पूँजी एकिकृत हुनुमात्र नभई ती कम्पनीमा कार्यरत कर्मचारीहरुको समायोजन, कम्पनीले संचालनमा ल्याएको प्रणाली, बीमा योजनाहरु र कार्यस्थल बीचको समेत मर्जर रहेको संघको भनाई छ ।

गुराँस, प्राइम र युनियन लाइफबीच हुन गइरहेको एक आपसमा गाभ्ने, गाभिने प्रक्रिया अन्तर्गत गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघले ६ बुँदे माग राख्दै मर्जर प्रक्रिया अगाडी बढाउन माग गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघको ६ बुँदे माग
१. कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको रोजगारी सुनिश्चित गरिनु पर्ने ।
२. कर्मचारीहरुको योग्यता, क्षमता र जेष्ठताको आधारमा सम्मानजनक रुपमा समायोजन गरिनुपर्ने । ३. कर्मचारीहरुले खाई पाई आएको तलब, भत्ता सुविधा एवं कर्मचारी विनियमावली एवं सामुहिक सौदावाजीको माध्यमबाट प्राप्त हुँदै अएको सेवा सुविधा कटौती नहुने ।
५. मर्जर पश्चात कम्पनीको नयाँ कर्मचारी विनियमावली बनाउँदा यस कर्मचारी संघको छलफल र ४. कर्मचारीहरुको लागि सम्मानजनक/न्यायोचित स्वेच्छिक अवकास (VRS) को योजना ल्याउनुपर्ने सहमतिमा निर्माण गरिनुपर्ने ।
गरिनुपर्ने ।
६. नेपाल बीमा प्राधिकरणले जारी गरेको कम्पनीहरुको गाभ्ने गाभिने र प्राप्ति गर्ने निर्देशिका र सो संग सम्बन्धित परिपत्रहरुमा व्यवस्था भए बमोजिमका कर्मचारी सँग सम्बन्धित विषयको कार्यान्वयन गरिनुपर्ने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*