कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

१३ माघ २०७९, शुक्रबार १३:४६

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको ७८ हजार १६६ कित्ता शेयर विक्री गर्ने लागेको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ १३ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

तोकिएको अवधि भित्र उक्त शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएका छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*