एनआईबीएलको लगानीको व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध

१३ माघ २०७९, शुक्रबार १५:४१

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आईरहेको विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात बि.स.२०७१ साल देखि हुदै आएको छ । दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्वारा पारदर्शी तथा ग्राहक मैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध हुनुकासाथै ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन हुदै आइरहेको छ ।

एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अधिदेखी सुरुवात गरेको यस सेवा अन्र्तगत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकबर्गले कम्पनी प्रति देखाउनु भएको विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहकबर्गको हितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको छ ।

आगमी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*