सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम भुक्तानी

१३ माघ २०७९, शुक्रबार १६:१९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले बैदेशिक रोजगारी साउदी अरवमा मृत्यु भएका स्वर्गिय रंजित मंडलको हकवाला श्रीमती लक्ष्मी देवीलाई बीमा दाबी वापतको १४ लाख रुपैयाँ वितरण गरेको हो ।

कम्पनीका मधेश प्रदेश प्रमुख नबराज चैधरीले उनको घर पिपरा गाउँपालिका वडा नं ०७, महोत्तरीमा गई सो रुपैयाँ बापतको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*