मिड सोलुले आइपीओ निष्काशन गर्ने, बोर्डमा पेश गर्यो निवेदन

१३ माघ २०७९, शुक्रबार १६:३५

काठमाडौं । मिड–सोलु हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १४ लाख ९६ हजार ८ सय कित्ता आइपीओ निष्काशन गर्नका लागि बोर्डमा माघ ११ गते निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सेबोनबाट आईपीओ निष्काशनको स्वीकृती पाएपछि पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएकोलाई निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

मिड–सोलुले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*