आइएमई लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म पाउने

१४ माघ २०७९, शनिबार २१:००

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आ.व.२०७८ /७९ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको आ.व२०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो ।
न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म कम्पनीले बीमितहरुको लागि बोनसदर निधार्रण गरेको छ ।

सावधिक तथा सामूहिक जीवन बीमालेख

सावधिक तथा सामूहिक जीवन बीमालेख अन्तर्गत बीमालेखमा कम्पनीले नौ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३२ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।
१० देखि १४ वर्ष अवधिको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ निधारण गरेको छ भने २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ छ भने यसै पोलिसीको ३० वा सोे भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ निर्धारण गरेको छ ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेख

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको अन्तर्गमा कम्पनीले ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३२ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको अन्तर्गत कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ र २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनसदर तोकेको छ ।

वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख( बाल किरण)
वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख( बाल किरण) को हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*