युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१४ माघ २०७९, शनिबार २०:०२

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै आइतवार अर्थात् माघ १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २६ गते साधारण सभा आयोजना गरेको छ । सभा रूपन्देही, भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा उक्त दिन बिहान १०ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । साथै सभाले यस युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्जरमा जाने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*