सिटिजन लाइफ र नेको इन्स्योरेन्सको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु

१५ माघ २०७९, आईतवार ०५:२१

काठमाडौं । आज दुई बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सिटिजन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेछन् । सिटिजनको पाँचौं र नेको इन्स्योरेन्सको २७ औं सभा आज कम्पनीले तोकेको स्थानमा बस्दैछ ।

सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सभा आज अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा साझ ५ बजे बस्दैछ ।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारण शेयर ९आइपीओ०निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै अघिल्लो आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका साथै गत आव २०७८।७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्सलाई गरिएको नियुत्तिको अनुमोदन गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा आज लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्दैछ । ।

सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद लाभांश गरी कुल १५।७९ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी बृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक चयन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*