साविक सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण

१५ माघ २०७९, आईतवार १०:३१

काडमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साविक सूर्या लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ मा बीमितका लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार सूर्या लाइफले प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले विभिन्न ५ वटा बीमालेखअन्तर्गत विभिन्न अवधिको लागि छुट्टाछुट्टै बोनसदर निर्धारण गरेको छ ।

जसमा सावधिक जीवन बीमा अन्तर्गत बीमितहरुले न्युनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् । सो अन्तर्गत कम्पनीले ९ वर्ष अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५४ रुपैयाँ र ३० र सो भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, सावधिक तथा आजीवन बीमालेखअन्तर्गत बीमितहरुले न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् । सो अन्तर्गत न्युनतम ९ वर्ष अवधिसम्मको सावजधिक तथा आजीवन बीमा पोलिसी खरिदकर्ताले गत आर्थिक वर्षका लागि प्रतिहजार ४० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । त्यस्तै यहि बीमा पोलिसी १४ वर्षसम्मकाले ४२ रुपैयाँ, १९ वर्षसम्मकाले ४६ रुपैयाँ, २४ वर्षसम्मका लागि ५६ रुपैयाँ, २९ वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले ७० रुपैयाँ प्राप्त गरेका छन् ।

साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्र्गत कम्पनीले नयूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । जसमा यस्तो बीमालेख पोलिसी १९ वर्षअवधिसम्मका बीमितले ४२ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै २० वर्षदेखि २४ वर्ष अवधिसम्मका बीमितले ५२ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिको पोलिसी खरिद कर्ता नै छैनन् । कम्पनीले १५ वर्षदेखि १९ वर्ष अवधिको यस्तो बीमा पोलिसी ९ हजार २७७ वटा बिक्री गरेको छ । यस्तो समुहकाले जम्मा प्रति हजार ४२ रुपैयाँ मात्रै प्राप्त गर्ने छन् ।

यसका अलावा सूर्या लाइफले चौरासी पूजा नियमित भुक्तानी अन्तर्गत न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १० देखि १४ वर्ष अवधिका बीमितले ४५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिकाले ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका ले ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिकाले ६५ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले प्रतिहजार ७० रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै, चौरासी पुजा एकल भुक्तानी बीमालेखअन्तगर्त सूर्या लाइफले न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १० वर्षदेखि १४ वर्ष अवधिका बीमितले प्रतिहजार ७५ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै १५ देखि १९ वर्ष अवधिका बीमितले प्रतिहजार ८० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका बीमितले ८५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका बीमितले ९० रुपैयाँ र ३० वर्ष भन्दा माथि अवधिका बीमितले प्रतिहजार ९० रुपैयाँ प्राप्त गरेका छन् । जवकी प्रतिहजार ९० रुपैयाँको लाभ लिने बीमितको संख्या जम्मा २ जना मात्रै छ ।

नेपाल बीमा प्राधिकरणले मर्जरमा जानुभन्दा अघि बीमा कम्पनीहरुले मर्जरअघिको वित्तीय विवरणलगायत बोनसदर छुट्टाछुट्टै सार्वजनिक गर्नुपर्ने व्यवस्था भएबमोजिम साविक सूर्या लाइफले सो आवको बोनसदर छुट्टै सार्वजनिक गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*